७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिटिजन्स बैंकका ग्राहकहरुले चरक हस्पिटलमा छूट पाउने



काठमाडौं– सिटिजन्स बैंकका ग्राहकहरुलाई छूट दिने समझदारी पत्रमा सिटिजन्स बैंक इन्टरनेशनल र पोखराको चरक मेमोरियल हस्पिटलबीच सम्झौता भएको छ ।


सो समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनले देशैभरी ६० जिल्लामा फैलिएका १९७ शाखा कार्यालय, १६२ वटा एटीएम, तीन विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

  :