७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

बीवाइडीको गाडी किन्दा एनआईएमबी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने




काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले नेपालमा बिद्युतीय सवारीको पहुँच वृद्धि गर्ने लक्ष्यका साथ बीवाइडीका इभी खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि र एनआईएमबी बैंकका अधिकारीहरुबीच हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साइमेक्स इंक प्रालिकी सेल्स हेड सन्ध्या श्रेष्ठबीच हस्ताक्षर भएको छ । बीवाइडीका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले एनआईएमबी बैंकका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।

योग्य ग्राहकका लागि तीन कार्य दिनभित्र कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकले बीवाइडीका गाडीहरुका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने बताइएको छ ।

  :