७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नबिल बैंकका ग्राहकहरुले सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्ने




काठमाडौंं–अबदेखि नबिल बैंकका ग्राहकहरुले नमस्ते पे वालेटका विभिन्न सेवाहरु उपयोग गर्न पाउने भएका छन् । सो सम्बन्धी समझदारी पत्रमा मंगलबार नबिल बैंकका तर्फबाट रिटेल कारोवार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते वालेटका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेंले हस्ताक्षर गरेका छन् ।

यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले एनबैंक (मोबाइल बैंकिङ) एप्लिकेसनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन्।

सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले डिजीट़ाइजेसनमा महत्वपूर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको बताए।

नमस्ते पे वालेटका डेपुटी सीईओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन्। यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन्।

नबिल बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

  :