७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्लोबल आईएमई बैंक, आर्ईएमई र जाल्टानबीच त्रिपक्षीय सम्झौतामा के छ ?




काठमाडौंं–ग्लोबल आईएमई बैंकले उच्च शिक्षाका लागि जापान जान चाहने बिद्यार्थीहरुलाई सहज रुपमा शैक्षिक कर्जा दिने भएको छ । यस सम्बन्धी समझदारीपत्रमा ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड र जापानीज भाषा शिक्षक संघ नेपाल (जाल्टान)बीच त्रिपक्षीय सम्झौता भएको छ ।


समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।

उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।

समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

यसैगरी जापान गए पछि विद्यार्थीले जापानबाट आईएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।

  :