७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एमजीका ईभी किन्दा एनआइएमबी बैंकले सहजै ऋण दिने



काठमाडौं– एनआइएमबी बैंकले एमजीका बिद्युतीय सवारी साधन खरिदका लागि सहजै ऋण दिने भएको छ ।

बैंक र नेपालका लागि एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सबीच एमाजीका बिद्युतीय सवारी साधन ईभी किन्दा सहजै ऋण दिने सम्बन्धमा सम्झौता भएको हो । एनआइएमबी बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार एमजी जेडएस, एमजी ४ र एमजी कमेट ईभी खरिद गर्न इच्छुक ग्राहकलाई आफ्ना कुनै पनि शाखाबाट सहजै ऋण उपलब्ध गराइनेछ ।

बैंकले आधार दरमा प्रति बर्ष १ प्रतिशत प्रिमियम जोडेर ऋण दिने समेत जनाएको छ । ऋणको निवेदन तीन कार्यदिनभित्र स्वीकृत गरिने पनि बैंकले जनाएको छ ।

  :