माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

आइएमई मोटर्सका सवारीमा रिलायन्स फाइनान्सले ७० प्रतिशतसम्म कर्जा दिने




काठमाडौं– आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सवारी कर्जामा साझेदारी सम्बन्धमा हालै एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाबीच आइएमई मोटर्सका सवारीमा रिलायन्स फाइनान्सले सत्तरी प्रतिशतसम कर्जा सुविधा उपलब्ध गराउनेछन्। आइएमई मोटर्सले अशोक लेलेण्ड गाडीको प्रवद्र्धन गर्दै आईरहेको छ ।

सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र केसीले तथा मोटर्सका तर्फबाट सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीले हस्ताक्षर गरेका छन।

सम्झौताअनुसार आइएमई मोटर्सका ग्राहकले रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।

आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिग सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताउनु भएको छ ।

रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिग सेवाहरू मार्फत ग्राहकहरूको आवश्यकतालाई पुरा गर्न तयार रहेको बताउनुभयो ।

  :