फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट




काठमाडौं– ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार बैंकका ग्राहकहरुले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

  :