प्राकृतिक सुन्दरताले भरिपूर्ण काभ्रेपलाञ्चोकको पनौंती कुशादेवीमा अवस्थित एउटा प्रसिद्ध रिसोर्ट हो डायमण्ड हिल रिसोर्ट । अन्तर्राष्ट्रियस्तरको यो रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पहिलो रोजाई बन्न पुगेको छ ।
स्वच्छ र मनोरम वातावरण, रिसोर्ट परिसरबाट देखिने आठ वटा सुन्दर हिमश्रृंखलाहरुसहितका रमणीय दृश्यहरुका कारण स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षित गर्दै आएको छ । यस रिसोर्टको स्वच्छ, स्वस्थ वातावरण र रेष्टुरेन्टमा पाक्ने खानाको स्वाद तथा आरामदायी बसाईका लागि यस रिसोर्ट निकै लोकप्रिय बन्न पुगेको छ । अग्र्यानिक खाना यहाँको अर्को बिशेषता हो ।
विदेशी पर्यटकको मुख्य रोजाइमा रहेको डाइमण्ड हिल रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्दा नयाँ बर्षसहित विभिन्न पर्व तथा अवसरहरुमा जानेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।
हरियालीकाबीच अवस्थित यस रिसोर्टले विहानीपख जङ्गली जनावर जरायो, बँदेल, खरायो, मृग, कालिजलगायत सयौं प्रजातिका चराचुरुङ्गीहरूको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।
यस रिसोर्टमा क्याम्प फायर, डिजे, पिकनिक स्पट, पौडीपोखरी जस्ता सेवा सुविधा रहेको रिसोर्टमा सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियागायतका सुविधासहित हलहरू छन । सुविधा सम्पन्न स्वीट, डिलक्स, कोठाहरु र रिसोर्टभित्रै रेष्टुरेन्ट, बार, भान्सा घर रहेका छन् । यहाँबाट हाइकिङका लागि साँगा, लाकुरीभंज्याग, नमोवुध्द, वल्थली, धुलिखेल, आशापुरी, भालेश्वर, नागी डाँडा, गुर्दुम डाँडा, ठूलीपोखरी र रानीकोट नजिकका गन्तव्य हुन् ।
अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आएको यस रिसोर्टले विभिन्न स्तरका पर्यटकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । अग्लो स्थानमा अवस्थित यस रिसोर्टको स्वच्छ र मनोरम वातावरणका कारण स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षित गर्दै आएको छ । यदि तपाईंहरु पनि शान्त र कोलाहलमुक्त कुनै गन्तव्यको खोजीमा हुनुहुन्छ भने उपयुक्त गन्तव्यको रुपमा यस डायमण्ड हिल रिसोर्टलाई सम्झनुहोस् ।









प्रतिक्रिया