काठमाडौँ–एनआईसी एसिया बैँकले ई–स्टप नेपाल प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई ज्ञज्ञ उपलब्ध गराउने अफर ल्याएको छ ।
सम्झौता अनुसार बैँकका ग्राहकहरूले ई–स्टप नेपालका रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ई–स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरूमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने छन् ।
एनआईसी एसिया बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी तथा मोबैँक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्ने बताइएको सम्झौतामा उल्लेख छ । दिगो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई–स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास बैँकको छ ।









प्रतिक्रिया