काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको जनाएको छ ।
विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरीरलुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको भन्दै विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको उल्लेख गरेको छ ।

अर्को सूचना नभएसम्म चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहने विभागले जनाएको छ ।









प्रतिक्रिया