काठमाडौं । नजिकिरहेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।









प्रतिक्रिया