काठमाडौं–नेपाली बजारमा समेत उपलब्ध बजाजको इलेक्ट्रिक स्कुटर चेतक २०२५ को अन्त्यसम्म ५ लाख युनिट बिक्री भएको छ ।
भारतीय अटोमोबाइल उत्पादक समाज (एसआइएएम) ले सार्वजनिक गरेको तथ्याङ्कमा बजाजले अगस्ट २०२५ को अन्त्यसम्ममा ५ लाख १० हजार युनिट चेतक ई–स्कुटर बिक्री गरेको उल्लेख छ ।
जनवरी २०२० मा लन्च गरिएको सो स्कुटरले नोभेम्बर २०२३ सम्ममा १ लाख युनिट बिक्री आँकडा पार गरिसकेको थियो । आर्थिक वर्ष २०२४ मा, बजाजले चेतकको १ लाख १५ हजार ७०२ युनिट बिक्री गरेको जनाइएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०२५ मा २ लाख ६० हजार ०३३ युनिट बिक्री गर्दै नयाँ रेकर्ड कायम गरेको थियो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ८८ हजार २१८ युनिट बिक्री भएको उल्लेख गरिएको छ ।
नेपाली बजारमा भने यस स्कुटरलाई नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आयात गरी बिक्री वितरण गर्दै आएको छ । यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
चेतक ईभीमा ३।५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले एकपटक फुल चार्जमा १५३ किलोमिटर दूरी पार गर्न सक्छ ।









प्रतिक्रिया