२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

ग्लोबल आईएमई बैंकको खुद नाफा ६ अर्ब २२ करोड




काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२ करोड रूपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आईएमई बैंकले अघिल्लो आवको भन्दा नाफा २२.६२ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

बैंकले सार्वजनिक गरेको आव २०८२र८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६ अर्ब २२ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आवको ५ अर्ब ७ करोड ६३ लाख रूपैयाँको तुलनामा १ अर्ब १५ करोड बढी हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ ।


गत आवमा पनि बैंकले कुल निक्षेप अघिल्लो वर्षको अन्त्यको ५ खर्ब५० अर्ब ६३ करोड रुपैयाँबाट बढाएर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुर्‍याएको छ । यसैगरी ग्राहकतर्फको कर्जा लगानी पनि अघिल्लो वर्षको ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँबाट बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।


ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा सामान्य दरले बढेको छ । अघिल्लो आवको अन्त्यमा कुल निष्क्रिय कर्जा अनुपात ४।८६ प्रतिशत रहेकामा अहिले ४।९६ प्रतिशत पुगेको छ । तर, पर्याप्त नोक्सानी व्यवस्थाका कारण खुद निष्क्रिय कर्जा भने ०.५९ प्रतिशतमात्र छ ।

  :