२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

होन्डा कार किन्नेलाई एनआईसी एसिया बैंकको कम ब्याजदरमा सहज फाइनान्स सुविधा



काठमाडौं । होन्डा कार किन्ने ग्राहकलाई एनआईसी एसिया बैंकले कम ब्याजदरमा सहज फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ ।

नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी र एनआईसी एसिया बैंकबिच होन्डा कार खरिद गर्न सहज बनाउने उद्देश्यका साथ हालै सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार हकहरुले डकुमेन्ट बुझाएको ७ दिनभित्रै आवश्यक फाइनान्स सुविधा उपलब्ध गराइने छ ।

सम्झौता पत्रमा स्याकार ट्रेडिङ कम्पनीको तर्फबाट म्यानेजिङ डाइरेक्टर सिर्जना शाक्य ज्योति र एनआईसी एसिया बैंकको तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी र अटो लोन हेड दिपक आचार्यले हस्ताक्षर गरे ।

नेपालमा होन्डा एलिभेट, सिटी फिफ्थ जेन, अमेज र सिटी ईःएचईभी कार उपलब्ध छन् । विभिन्न विशेषता र मूल्यमा उपलब्ध यी कार ग्राहकले आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

  :