६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक



काठमाडौं । टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्स प्रालिले अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक गरेको छ ।

यो नयाँ वाइकलाई कम्पनीले केही समयअघि भृकुटीमण्डपमा आयोेजना भएको टिभिएस महा एक्सचेन्ज मेलामा शोकेस गरिएको थियो ।

सो नयाँ वाइकको मूल्य ३ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ। जुन हाल ३ लाख ४५ हजार रुपैयाँमा कारोबार हुँदै आएको विएस४ भर्सनको तुलनामा ३५ हजार रुपैयाँले बढी हो ।

टिभिएसले यसको विएस४ भर्सनलाई तीन भिन्न भेरियन्टमा उपलब्ध गराउँदै आइरहेको छ । जसमध्ये एबिएस र एलइडी हेडल्याम्प उपलब्ध नभएको स्मार्ट एक्स कनेक्टको मूल्य ३ लाख १९ हजार र अर्को तल्लो भेरियन्टलाई २ लाख ९१ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।

बिएस६ भर्सनको यो नयाँ वाइकको लुक्स तथा डिजाइमा कम्पनीले कुनै परिवर्तन गरेको छैन । इन्जिनमा आरटिएफआई विशेषता थप गरिएको यो वाइकले विएस४ भर्सनको तुलनामा केही बढी पावर र टर्क जेनेरेट गर्नेछ । १६० सीसी क्षमताको यो नयाँ वाइकको पावर १७।५५ पिएस र टर्क १४।७३ एनएम रहेको छ । यसैगरी बिएस४ मा सेल्फ र किक दुबै स्टार्ट उपलब्ध भएपनि यो नयाँ भर्सनमा सेल्फ स्टार्ट मात्र दिइएको छ ।

  :