६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बजारमा नोकियाका पुराना मोडल फेरि आउँदै



काठमाडौं – बजारबाट हराउन लागेको मोबाइल ब्राण्ड नोकियाले पछिल्लो समय नयाँ मोडेलका स्मार्टफोनहरू सार्वजनिक गरिरहेको छ ।

निश्चित देश वा क्षेत्रलाई लक्षित गर्दै नोकियाले विस्तारै आफ्ना स्मार्टफोनहरू सार्वजनिक गर्ने क्रम जारी छ । केही स्मार्टफोनहरू हालै सार्वजनिक भएका छन् भने केही सार्वजनिक हुने क्रममा छन् ।

बाहिरिएको जानकारी अनुसार नोकियाले अब आफ्नो नोकिया ‘जी११ प्लस’ र ‘नोकिया टी१०’ चाँडै नै सार्वजनिक गर्दैछ । यी फोनहरू भन्दा अगाडि भने नोकियाको पुराना मोडेलका फोनहरू ब्युँतिने जानकारी बाहिरिएको छ ।

नोकियाले आफ्नो पुराना मोडलका नोकिया ५७१० एक्स ए, नोकिया ८२१० फोरजी र नोकिया २६६० फ्लिप सार्वजनिक गर्ने तयारी गरेको छ । यी फोनहरू भने विश्वबजार लक्षित गरी सार्वजनिक गर्न लागिएको हो ।

सार्वजनिक हुने तयारीमा रहेकामध्ये सबैभन्दा आकर्षित फोनको रुपमा दाबी गरिएको ‘नोकिया ५७१० एक्स ए’ फोनको विशेषता यसको किबोर्ड हो ।

यो फोनको किबोर्ड ३६० डिग्री घुमाउन सकिन्छ, जसमा फरक फरक कीहरू छन् । यसको एकातिर किबोर्ड अर्कोतिर म्युजिकका लागि डेडिकेटेड किबोर्ड, एकातिर स्पिकर र अर्कोतिर क्यामेरा रहेको छ ।

कालो र सेतो रंगमा उपलब्ध यो फोनको मूल्य १०४ डलर तोकिएको छ ।

नोकिया ८२१० फोरजी

सन् १९९९ मा सार्वजनिक भएको नोकिया ८२१० मोडलको फोन त्यो समयको सबैभन्दा सानो र हलुको फोन थियो । यो फोन फोरजी सपोर्टसहित पुनस् बजारमा आउन लागेको हो । दुईवटा सिम प्रयोग गर्न मिल्ने यो फोनको मूल्य ८३ डलर तोकिएको छ ।

नोकिया २६६० फ्लिप फोरजी

गत वर्षमात्र नोकियाको ‘नोकिया २७६० फ्लिप’ सार्वजनिक भएको थियो, जुन अमेरिकी बजारलाई मात्र लक्षित गरी सार्वजनिक गरिएको थियो ।

अब भने विश्वबजारलाई लक्षित गरी भने नोकियाको निर्माता कम्पनी एचएमडी ग्लोबलले नोकिया २६६० फ्लिप फोरजी सार्वजनिक गर्ने भएको हो । १४५० एमएएच ब्याट्री क्षमता भएको यो फोन निलो र कालो रंगमा उपलब्ध हुने बताइएको छ ।

  :