६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

टाटा मोटर्सको जेनभोल्टज जेनेरेटर अब नेपाली बजारमा



काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा जेनभोल्टज जेनेरेटर बिक्री सुरु गरेको छ ।

टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णले नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिबद्ध रहेको बताए ।

टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्ने उनको भनाइ छ ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित कम्पनीको प्रयासमा एक नयाँ उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासका लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुने उनको विश्वास छ ।

  :