६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

१ लाख ६० हजारमा दुहानको नयाँ इलेक्ट्रिक स्कुटर



काठमाडौं । दुहानले सस्तो मूल्यको नयाँ इलेक्ट्रिक स्कुटर इडु नेपाल ल्याएको छ । यो स्कुटर अवको १ हप्तापछि सार्वजनिक हुने आधिकारिक वितरक क्यालिवर अटो स्रोतले जनाएको छ ।यो नयाँ स्कुटरमा ४८ भोल्ट ४६ एम्पियर आवर क्षमताका व्याट्री जडान गरिएको छ भने मोटर पावर ३५० वाट रहेको छ ।

५ घन्टामा फुल चार्ज हुने यसको व्याट्रीले २५ किलोमिटर रेन्ज दिने वताइएको छ । यो स्कुटरलाई ३५ किलोमिटर प्रतिघण्टाको अधिकतम गतीमा हाँक्न सकिन्छ ।यसको दुवै चक्कामा डिस्क व्रेक दिइएको छ भने ई–एविएस फिचर्स समेत उपलब्ध हुनेछ । पूर्णत एलइडी लाइट दिइएको यो नयाँ स्कुटरमा एलसिडी डिजिटल डिस्प्ले उपलब्ध गराइएको छ ।

यो स्कुटर छोटो दुरीमा यात्रा गर्न चाहने राइडरका लागी उपयुक्त हुने देखिन्छ । यो स्कुटरको मूल्य जम्मा १ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

  :