६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नयाँ डिजाइनमा लन्च भएको मारुती सुजुकी ब्रेजा



काठमाडौं । मारुती सुजुकी इन्डियाले नयाँ जेनेरेशनको मारुती सुजुकी ब्रेजा भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले यो कारको प्रारम्भिक मूल्य ७ लाख ९९ हजार भारुमा लन्च गरेको छ । यसको टप–स्पेक भेरिएन्टको मूल्य १३ लाख ९६ हजार भारु रहेको छ । सो कारको बुकिङ पनि सुरु गरिसकेको छ ।

मारुतीको अल न्यु सब ४ मिटर कम्प्याक्ट ब्रेजा एसयूभी ११ हजार भारुमा बुक गर्न सकिन्छ । मारुती सुजुकीले नयाँ २०२२ मारुती ब्रेजाका ४५ हजार भन्दा बढी युनिट मात्र ८ दिनमा बुकिङ भइसकेको जानकारी दिएको छ । यो नयाँ मोडल पुरानो भिटारा ब्रेजाको सट्टामा लन्च गरिएको हो । अब यसको नाम ब्रेजा मात्र हुनेछ ।

नयाँ मारुती सुजुकी ब्रेजा पूर्ण रूपमा परिमार्जन गरिएको मोडल हो । यसको फ्रन्ट–इन्ड नयाँ डिजाइन गरिएको छ, जुन पहिलेको तुलनामा धेरै पातलो देखिन्छ । ग्रिललाई नयाँ एलईडी स्लिक हेडल्याम्प युनिटसँग जोडिएको छ ।

नयाँ मारुती ब्रेजामा नयाँ ड्युअल एलईडी डेटाइम रनिङ ल्याम्प पनि छ, जसले कारलाई छुट्टै पहिचान दिन्छ । यसको बम्पर डिजाइन पनि नयाँ छ । मारुती सुजुकीले नयाँ ब्रेजामा नयाँ सिल्भर फक्स स्किड प्लेट र नयाँ फगल्याम्प पनि जडान गरेको छ । नयाँ ब्रेजामा नयाँ ड्युअल टोन अलोय ह्विल र रूफरेल पनि थपेको छ ।

  :