६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस



काठमाडौं – टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गरेको घोषणा गरेको छ । कम्पनीले टीभीएस रोनिन नयाँ युगका राइडरबाट प्रेरणा लिई निर्माण गरेको बताएको छ।

टीभीएस रोनिन स्टाइल, टेक्नोलोजी र राइडिङ अनुभवका साथ डिजाइन गरिएको छ ।कम्पनीले टीभीएस रोनिन ३ भेरिएन्टमा लन्च गरेको छ।

टीभीएस रोनिन सिंगल टोन सिंगल च्यानलको मूल्य १ लाख ४९ हजार, टीभीएस रोनिन ड्युअल टोन सिंगल च्यानलको मूल्य १ लाख ५६ हजार र टीभीएस रोनिन ट्रिपल–टोन ड्युअल च्यानलको मूल्य १ लाख ६८ हजार भारु राखिएको छ। भारतीय बजारमा लन्च गरिएको यो बाइक भविष्यमा नेपाली बजारमा आउने छ । आगामी भदौमा हुने नाडा अटो शोमा यो बाइक प्रदर्शन हुने अनुमान गर्न सकिन्छ ।

टीभीएस मोटरको बहुप्रतीक्षित टीभीएस रोनिन अर्बन स्क्रयाम्बलर बाइकको सुरुवाती एक्स शोरुम मूल्य १ लाख ४९ हजार तोकिएको छ । सो बाइकको अनौठो र आकर्षक प्रिमियम डिजाइनले पहिलो नजरमा नै ग्राहकको ध्यान खिचेको छ । सो बाइकले रोयल इन्फिल्ड हन्टर ३५० र येज्दी स्क्रयाम्बलर जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

टीभीएस रोनिनमा ड्युअल पर्पज टायर, हाई ग्राउन्ड क्लियरेन्स, गोल्डेन–डिप्ड यूएसडी फ्रन्ट फोर्क, एलईडी लाइट, बत्ती र सर्कुलर हेडल्याम्प रेट्रो थिम, पूर्ण डिजिटल राउण्ड इन्स्ट्रयुमेन्ट क्लस्टर र कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ ।

टीभीएस रोनिनमा २२५।९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले ७७५० आरपीएममा १५।०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९।९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ ।

कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ । यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।

  :