२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको प्रिमियम एमपीभी



चीनको बीवाईडी अटो र मर्सिडिज–बेन्जको ज्वाइन्ट भेन्चरको रुपमा रहेको कम्पनीले डेन्जाले चीनमा लन्च गरेको सवारी साधन डी९ ३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको छ । हेर्दा यो क्रसओभर वा एसयूभी जस्तो लाग्दैन ।

वास्तवमा डेन्जा डी एक प्रिमियम एमपीभी हो । यो प्लग इन हाइब्रिड वा ब्याट्री इलेक्ट्रिक भेइकल बीईभीको रुपमा उपलब्ध छ र यसलाई ४ वा ७ सिट अप्सनमा छनोट गर्न सकिन्छ ।

डी९ को लम्बाई ५।२५ मिटर, चौडाई १।९६ मिटर र उचाई १।९२ मिटर छ भने यसको ह्लिबेस ३।११ मिटर छ । यी सबैका आधारमा यो हाल उपलब्ध किया कार्निभल भन्दा केही लामो र अग्लो छ ।

डिजाइनका आधारमा यो लक्जरी सेडान जस्तो छ, जसको फ्रन्ट फेसियाको सम्पूर्ण भागमा ठूलो ग्रिल दिइएको छ । ग्रिल इन्सर्ट पनि दुई प्रकारको छ । एउटामा टोयोटा अल्फार्ड जस्तै लिफ्टेड अफ गरिएको छ भने अर्कोमा भर्टिकल क्रोम स्लटको प्रयोग गरिएको छ ।

यसको इन्टेरियरमा प्रशस्तै स्क्रिनहरु रहेका छन् । फ्रन्टमा ३, फ्रन्ट सिटब्याकमा २ र सेकेन्ड रो सिटको आर्मरेस्टमा २ गरी ७ स्क्रिन रहेका छन् । त्यसैगरी यसको सिटब्याक स्क्रिनमा रहेको ८ एमपी क्यामेराको सहयोगले कन्फ्रेन्स कल गर्न वा बालबालिकाको मोनिटरिङ गर्न सकिन्छ ।

त्यसैगरी यसमा स्मार्ट रेफ्रिजेरेटर, १०–वे एड्जस्टेबल सिट, हिटिङ, भेन्टिलेटिङ, १० प्वाइन्ट मसाज फङसनका साथै तीनवटा ५० किलोवाट वायरलेस क्विक चार्जर रहेका छन् । त्यसैगरी यसमा भएको ठूलो प्यानोरामिक रुफ र लामो रियर बेन्चले लामो दुरीको यात्रालाई सहज गराउछ ।

यसमा १।५ लिटर टर्बोचार्ज्ड इन्जिन छ, जसलाई इलेक्ट्रिक मोटरसँग जोडिएको छ । यसले थ्री–इन–वान रियर ड्राइभ हाइब्रिड एसेम्बली प्रदान गर्छ । यसमा भएको ८० किलोवाटको फास्ट चार्जिङमार्फत ९४५ देखि १०४० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

बीईभी भर्सनको वारेमा भने धेरै जानकारी प्रदान गरिएको छैन । यद्यपि कारन्युज चाइनाले यसमार्फत ६०० किलोमिटर सम्मको रेन्ज दिने बताएको छ ।

यो गाडीको मूल्य समेत सार्वजनिक भइसकेको छ । चार वटा हाइब्रिड भर्सनको मूल्य ४९ हजार ३ सय देखि ६५ हजार ६ सय अमेरिकी डलर सम्म तोकिएको छ । त्यसैगरी बीईभीको मूल्य ५७ हजार ५ सय देखि ६७ हजार ८ सय डलर सम्म र सुपर लक्जरी फोर सिट ‘फाउन्डिङ भर्सन’ को मूल्य ८८ हजार ४ सय डलर तोकिएको छ । यो भर्सन जम्मा ९९ युनिट मात्र उत्पादन हुनेछ ।

  :