५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

दुहानको नयाँ इलेक्ट्रिक स्कुटर अर्को हप्ता लन्च हुने



दुहानले सस्तो मूल्यको नयाँ इलेक्ट्रिक स्कुटर इडु नेपाल ल्याएको छ । यसको दुवै चक्कामा डिस्क व्रेक दिइएको छ भने ई–एविएस फिचर्स समेत उपलब्ध हुनेछ ।

पूर्णत एलइडी लाइट दिइएको यो नयाँ स्कुटरमा एलसिडी डिजिटल डिस्प्ले उपलब्ध गराइएको छ । यो स्कुटर छोटो दुरीमा यात्रा गर्न चाहने राइडरका लागी उपयुक्त हुने देखिन्छ ।

यो स्कुटर अवको १ हप्तापछि सार्वजनिक हुने आधिकारिक वितरक क्यालिवर अटो स्रोतले जनाएको छ । यो स्कुटरको मूल्य जम्मा १ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यो नयाँ स्कुटरमा ४८ भोल्ट ४६ एम्पियर आवर क्षमताका व्याट्री जडान गरिएको छ भने मोटर पावर ३५० वाट रहेको छ । ५ घन्टामा फुल चार्ज हुने यसको व्याट्रीले २५ किलोमिटर रेन्ज दिने वताइएको छ । यो स्कुटरलाई ३५ किलोमिटर प्रतिघण्टाको अधिकतम गतीमा हाँक्न सकिन्छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : १९ बजे