६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो ३ स् साउन २० मा नेपालमा लन्च हुने



काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी अगस्ट ५ अर्थात साउन २० गते बीवाईडी एट्टो ३ आधिकारिक रुपमा लन्च गर्ने भएको छ ।

पहिले नै नेपाली बजारमा लन्च गर्ने तयारी भए पनि बजेटमार्फत इलेक्ट्रिक गाडीको करमा वृद्धि गरिए पश्चात सो कार्य रोकिएको थियो । अब भने आगामी भदौमा हुने नाडा अटो शो समेत लक्ष्य गरेर सो कार लन्च गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जनाएको छ ।

बीवाईडी एटो ३ चीन र अन्तर्राष्ट्रिय बजारमा बीवाईडी युआन प्लस वा एस२ को नामले बिक्री भइरहेको छ । यो ५०।१ र ६०।४ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध रहँदै आएपनि नेपालमा भने ठूलो ब्याट्री प्याक भएको मोडल आउने बताइएको छ ।

यो कारमा पछिल्लो सयम अन्तराष्र्टि«य रुपमै लोकप्रिय बन्दै गएको ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

यसको अघिल्लो भागमा इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट र पछिल्लो भागमा होरिजन्टल लाइट बारसँग जोडिएको एलईडी टेललाइट छ । भित्री भागमा १२।८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल छ । त्यसैगरी सिन्थेटिक लेदर अपहोल्स्टर्ड सिट, इलेक्ट्रिक पावर असिस्टेड स्टेयरिङ ह्विल र ५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ ।

सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिंगल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट, फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेट जस्ता सुविधा उपलब्ध छन ।सो गाडीको मूल्य भने त्यतिबेलै थाहा हुनेछ । यद्यपि यसको मूल्य ९० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सेफ्टी फिचरको रुपमा यसमा फ्रन्ट तथा रियर एयरब्याग, ईपीएस सहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, ट्रयाक्सन कन्ट्रोल सिस्टम, आइसोफिक्स र टायर प्रेसर मोनिटरिङ सिस्टम आदि उपलब्ध गराइएको छ ।

  :