७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फोर्डले पुमाको इलेक्ट्रीक भेरियन्ट लन्च गर्ने



काठमाडौं- फोर्डले पुमाको इलेक्ट्रीक भेरियन्ट लन्च गर्ने भएको छ । ‘जेन-ई’ नाम रहने पुमाको इलेक्ट्रीक मोडल फोर्डको पहिलो कम्प्याक्ट सेग्मेन्टमा आउन लागेको क्रसओभर हो ।

अहिले विभिन्न देशमा सडक परीक्षणको क्रममा देखिएको जेन-ई ईभी सन् २०२४ को सुरुवातमा फेसलिफ्ट भएर आएको पुमासँग मिल्दोजुल्दो छ । प्लेटफर्म र डिजाइनमा केही समानता भएपनि धेरै फरक देख्न सकिन्छ । यसमा इनक्लोज फ्रन्ट ग्रिल र मोडिफाई भएको बम्पर डिजाइन छ ।

त्यस्तै, जेन–ई मोडलमा १२.८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, टु स्पोक स्टेरिङ ह्वील, वायरलेस स्मार्टफोन चार्जर, एडाप्टीभ कु्रज कन्ट्रोल जस्ता फिचर रहने छन् ।

ड्राइभर असिस्ट सिस्टम सहित आउने नयाँ ईभीमा १०० किलोवाटको इलेक्ट्रीक मोटर रहने छ । यसको अधिकतम पावर १३६ पीएस र टर्क २९० न्यूटन मिटर हुन्छ ।

फोर्डको पहिलो क्रसओभर ईभी मोडलले १०० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्नेछ । यसको सहयोगमा मात्र १० मिनेटको चार्जमा ८७ किलोमिटरको रेन्ज पाउन सकिन्छ ।

यसै वर्षको अन्त्यसम्ममा लन्च हुने पुमा ईभीको लम्बाई ४१८६ एमएम, चौडाई १८०५ एमएम, उचाई १५३७ एमएम रहने छ । यसमा २५८८ एमएम लामो ह्वीलवेस दिइएको छ ।

फोर्डको आधिकारीक बिक्रेता जिओ फोर्डले थाइल्याण्डमा उत्पादन भएका एसयूभी र पीकअप नेपाल ल्याएर बिक्री गर्दै आएको छ । भारतमा फोर्डले उत्पादन बन्द गरेपछि साना कारहरु अहिले फोर्डले नेपालमा पनि उपलब्ध गराएको छैन ।

  :