३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

बजाजले ल्यायो नयाँ बर्षको अवसरमा ‘खुसीको मिटर’ अफर



काठमाडौं–नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै ‘खुसीको मिटर’ अफर ल्याएको छ ।

‘खुसीको मिटर’ अफरसँग जोडिएर ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू पाउने पनि कम्पनीले जनाएको छ । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ । जसअन्तर्गत जो कोही सहभागी भई घरमै बसी बसी विभिन्न आकर्षक उपहारहरू जित्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

उक्त उपहार प्राप्त गर्ने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा खेल्न पाउने छन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्ने

  :