७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लगानीकर्तामा आत्मविश्वास जगाउने गरि काम गर्ने अर्थमन्त्रीको प्रतिवद्धता



काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलले लगानीकर्ताहरुमा आत्मविश्वास जगाउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हालेका पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा बुझ्नुपर्ने भन्दै सेयर बजार सन्तुलित ढंगले अगाडि बढाउने गरि काम गर्ने बताए । उनले अब आशा जगाउने काम हुने पनि स्पष्ट पारे । कार्यभार सम्हाल्दै मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेका छन्।

यससँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुनेछ।

  :