७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेता घोषणा



काठमाडौं- ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेता घोषणा गरिएको छ । ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको अफरको बम्पर विजेताको नाम घोषणा गरेको हो ।

हुन्डाई फेस्टिभ डिलाइट २०८० अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत सुनसरीका इन्द्र प्रसाद गुरागाईं, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाई बिर्तामोडका ग्राहकले हुन्डाई एक्सटर जितेका छन् । हुन्डाई नेपालको फेसबुकमा लक्की ड्र मार्फत सोमवार विजेताको नाम घोषणा गरिएको छ ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो । कार्यक्रमको प्रमुख अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ योजनामार्फत पनि ग्राहकलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।

  :