७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ओमोडा ईभी किन्नेलाई नबिल बैंकको कर्जा सुविधा



काठमाडौं -नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स र नबिल बैंक बीच कर्जा सम्झौता भएको छ । दुई संस्थाबीचको सम्झौंता अनुसार ओमोडाका ईभी किन्ने ग्राहकले फिक्स ब्याजदरमा कर्जा पाउने भएका हुन् ।

उक्त सम्झौता अनुसार ओमोडाको जुनै पनि विद्युतीय गाडीको खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने छ । ग्राहकले देशभर रहेका ओमोडा शोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत सजिलै फाइनान्सिङ सुविधा लिन विज्ञप्तीमा उल्लेख छ ।

नबिल बैंकका सबै शाखाबाट ग्राहकले ५ वर्षका लागि ९।९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशतको अपरिवर्तनीय ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

ओमोडाले भक्तपुर, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, बर्दिवास, विरगंज, नारायणघाट, बुटवल, नेपालगंज, सुर्खेत, दाङ, धनगढी र पोखराका डिलरहरु संचालन गरिरहेको छ ।

कम्पनीले अहिले ओमोडा ई-५ मोडल बिक्री गर्दै आएको छ । कम्पनीले ई(५ को मूल्य ६१ लाख ९९ हजार रुपैयाँ र ड्यूलटोन कलर अप्सनको मूल्य ६२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

फिन ड्रीम्सको ब्लेड ब्याट्री प्रयोग भएको ओमोडा ई-५ मा ६१ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिन्छ । ग्राउन्ड क्लियरेन्सको हिसावले पनि राम्रो मानिएको ई(५ मा ९९ किलोवाटको मोटर उपलब्ध छ । लेभल २,५ एडास फिचर पाउन सकिन्छ ।

  :