७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विद्युतीय सवारी किन्नेलाई एनएमबि सुलभ अटो लोन



काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७ वर्षको अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । एनएमबि सुलभ अटो लोन नामक सो अटो लोन विद्युतीय सवारी साधन किन्नेहरुका लागि उपयुक्त हुने बताइएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको बैंकले जनाएको छ ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविष्य तर्फ योगदान दिन सक्नेछन् ।

हाल विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरु बढिरहेको समयमा बैंकले उक्त अटो लोन सार्वजनिक गरेको हो ।

विद्युतीय सवारी साधन किन्नका लागि बैंकहरुले ८० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

  :