७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सेगवे इलेक्ट्रीक स्कुटरको मनसुन अफर सार्वजनिक



काठमाडौं= सेगवे इलेक्ट्रीक स्कुटरले मनसुन अफर सार्वजनिक गरेको छ । सेगवे इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी आइहव प्रालिले मनसुन अफर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको यो मनसुन अफर अन्तर्गत सेगवेका स्कुटरमा १० वर्षसम्मको बिजुली विल छुट हुनेछ । जसलाई रकममा हेर्दा करिब ४० हजार रुपैयाँसम्म हुनेछ ।

यसका अलावा यो मनसुन अफरमा ग्राहकले १ वर्षको रोड ट्याक्स, १ वर्षको वार्षिक मर्मत निःशुल्क, सहज फाइनान्स, एक्सचेन्ज सुविधा तथा स्कुटर कभर निःशुल्क पाउने छन् ।

आइहव प्रालिले नेपाली बजारमा लामो समयदेखि सेगवे नाइनवटका इलेक्ट्रीक स्कुटरहरू बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री पछिको सेवा, ब्याट्री रेन्टल जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।

  :