कार्तिक २७, २०८२ बुधबार | Wed Nov 12 2025

नाडा अटो शोमा बीवाईडीले एम–६ कार ल्याउने




काठमाडौं– आगामी भाद्र ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एम-६ कार ल्याउने भएको छ ।

कम्पनीले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर कम्पनी स्रोतका अनुसार कम्पनीले नाडा शोको मौका पारेर नयाँ मोडलका कार ल्याउन लागेको हो ।


चीनमा यसअघि लेफ्ट ह्यान्ड ड्राइभमा मात्र उपलब्ध रहँदै आएको यो कारलाई बीवाईडीले हालसालै राइट ह्यान्ड ड्राइभ सिस्टममा समेत ल्याएपछि नेपाल आउने बाटो खुला भएको हो । बीवाइडीले यसलाई सङ म्याक्स हाईब्रिडमा आधारित भएर उत्पादन गर्दै आएको छ । यो कार ४.७ मिटर लामो, १.८१ मिटर चौडा र १.८८ मिटर अग्लो छ । साथै यसको ह्विलवेश २।७८ मिटर छ ।

एम६ मा ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । ब्याट्रीलाई एकपट फुल चार्ज गर्दा ५२२ किलोमिटर रेन्ज पाइने कम्पनी दावी छ । चीनमा ४ वटा भेरिएन्टमा उपलब्ध एम६ को कुन भेरिएन्ट नेपाल आँउछ भन्ने विषयमा हालसम्म टुंगो भने लागिसकेको छैन ।

  :