७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एसयूभी ट्यांक ५०० नेपाली बजारमा आउने



काठमाडौं- नेपाली बजारमा ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम) को बिग साइज एसयूभी ट्यांक ५०० आउने भएको छ । नेपालका लागि जीडब्ल्यूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले उक्त एसयूभी ल्याउने भएको हो । नेपाल आउन लागेका ट्यांक ५०० एक थ्रीरो एसयूभी हो । यसमा ६ वा ७ सिटको अप्सन रहनेछ । जीडब्ल्यूएमले ट्यांक ५०० सन् २०२१ को अगष्टमा चेन्दु अटोशोमा सार्वजनिक गरेको थियो ।
बडी अन फ्रेम च्यासिसमा बनेको ट्यांक एक फोरह्वील ड्राइभ एसयूभी हो । यो एसयूभीमा उत्कृष्ट अफरोड क्षमता हुनुको साथै २२३।५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । फुल्ली डिजिटल ड्यासबोर्ड रहेका ट्यांक ५०० मा १४।६ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्क्रीन र १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर रहेको छ ।

जीडब्ल्यूएमको ट्याङक ५०० मा २।० लिटरको टर्बो पेट्रोल इन्जिन तथा ९ स्पीडको हाइड्रोलिक अटोमेटिक गियरबक्स रहेको छ । हाइब्रिड पावरट्रेनका लागि यो एसयूभीमा इलेक्ट्रीक मोटर र १।७५ किलोवाट अवारको ब्याट्री रहेको छ । यी दुवै मोटरको कम्बाइन पावर ३४६ हर्सपावर र ६१५ न्यूटन मिटरको टर्क रहेको छ ।

यो एसयूभीको लम्बाइ ४९२८ एमएम, चौडाइ १९२४ एमएम, उचाइ १९०५ एमएमको रहेको छ । यो एसयूभी २८५० एमएमको ह्वीलबेसमा बनेको हो ।

भीजी इम्पेक्सले ट्यांक ५०० एसयूभीको १ करोड ९१ लाख रुपैयाँ राखेर मूल्यसूची प्रकाशित गरेको छ । भीजीले हाल जीडब्ल्यूएमको हाभल ब्राण्डमा मिडसाइजको एसयूभीहरू एच ६ र जोलाइन पेट्रोल तथा ओरा ०३ ईभी बिक्री गरिरहेको छ ।

  :