७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आइएमई लाइफ ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ




काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सले ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ ।

रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बी’ रेटिङ गरेको थियो । आर्थिक वर्ष ०८०र८१ मा कम्पनीकोे वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रूपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको बताइएको छ ।

रेटिङ एजेन्सीले गत आवमा हकप्रद तथा सार्वजनिक सेयर जारी गरेपश्चात् कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मूल्यांकन गरेको छ, जसले गर्दा गत आवको अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पुँजीलाई पाँच अर्ब रुपैयाँसमेत पु¥याएको छ ।

  :