७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

८.९९ ब्याजदरमा इभी बिक्री गर्ने पारामाउन्ट मोटर्सको योजना




काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ८ दशमलव ९९ प्रतिशत ब्याजदरमा इभी बिक्री गर्ने योजना अगाडि सारेको छ । जुन ब्याजदर ७ बर्षसम्म स्थीर रहने उक्त कम्पनीले जनाएको छ ।

पारामाउन्ट मोटर्सले अहिले एमजीका तीनवटा ईभी मोडल बिक्री गर्दै आएको छ । जसअन्तर्गत, मिनी कार कोमेटको पेस भेरिएन्टलाई १८ लाख र प्लेलाई २१ लाख पर्छ । यसैगरी, एमजी४ को कम्फर्ट भेरिएन्टलाई ४१ लाख ४९ हजार तथा डिलक्सलाई ५० लाख पर्छ ।

एमजीको सर्बाधिक सफल मोडल जेडएस ईभी तीनवटा भेरिएन्टमा उपलब्ध छ । जसअनुसार, लङ रेन्ज भेरिएन्टको ७२ लाख, कम्फर्टको ४८ लाख ४९ हजार र डिलक्सको ५३ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
एमजीका यी कार खरिद गर्न ग्राहकले सुरुमा २० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम किस्तावन्दिमा भुक्तानी गर्न सक्नेछन् ।

  :