एनएमबि बैंकले होम लोनको नयाँ योजना ल्याएको छ । बैंकले ८,९२ प्रतिशत ब्याजदरबाट सुरु हुने गरी ‘एनएमबि होम लोन’ ल्याएको हो ।
यो योजनामा ग्राहकले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्नेछन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतारचढावबाट फाइदा लिन सक्ने बैंकको भनाइ छ ।
घर किन्ने वा निर्माण गर्ने सपना साकार पार्न बैंक प्रतिबद्ध रहेको पनि बताइएको छ । बैंकले हाल देशभरका दुई सय एक शाखा, एक सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया