७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अब नेपाली बजारमा पनि बजाजको चेतक स्कूटर




काठमाडौं– बजाजको चेतक इलेक्ट्रिक स्कूटरले २ लाख युनिट बिक्री पूरा गरेको छ ।

रिपोर्टका अनुसार आर्थिक वर्ष २०२४ मा बजाज चेतकको १ लाख १५ हजार ६२७ युनिट बिक्री भएको थियो । बजाज अटोले आर्थिक वर्ष २०२५ मा पनि उत्कृष्ट सुरुवात गरेको छ । हालसम्म कम्पनीले ४० हजार ८५४ युनिट चेतक बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा ९६ प्रतिशत बढी हो ।

नोभेम्बर २०२३ देखि जुन २०२४ सम्मको करिब ८ महिनाको अवधिमा कम्पनीले १ लाख चेतक स्कुटर बिक्री गरेको छ, जसमध्ये २०२४ जुनमा १६ हजार ६९१ युनिट बिक्री भएको छ । त्यसैगरी, पहिलो १ लाख युनिट बिक्री गर्न कम्पनीलाई ४८ महिना लागेको थियो । कम्पनीले आफ्नो बिक्रीलाई थप वृद्धि गर्न आगामी ३ देखि ४ महिनामा १६४ सहर र २०० टचपोइन्टबाट ६०० शोरुममा विस्तार गर्ने योजना बनाएको छ ।

बजाज मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले चेतक स्कुटर नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले लामो समयदेखि परीक्षण गरिरहेको चेतक भदौ ११ गतेदेखि हुने नाडा अटो शो २०२४ मा सार्वजनिक गर्ने भएको हो ।

बजाज चेतक ३ भेरिएन्टमा उपलब्ध छ । बेस भेरिएन्टको मूल्य ९५ हजार ९९८ भारु, मिड टियर अर्बनको मूल्य १ लाख २३ हजार र रिभ्याम्पेड रेन्ज टपिङ प्रिमियम भेरिएन्ट मूल्य १ लाख ४७ हजार भारु छ ।

  :