७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आयोन ब्रान्डको नयाँ कीर्तिमान



आयोन ब्रान्डको नयाँ कीर्तिमानी

काठमाडौं- चिनियाँ अटोमोबाइल कम्पनी जीएसी ग्रुपले आफ्नो विद्युतीय सवारी (ईभी) ब्रान्ड आयोनको बिक्रीमा नयाँ कीर्तिमानी हासिल गरेको बताएको छ । कम्पनीले आयोन ब्रान्ड स्थापना भएको चार वर्षमै दश लाख युनिट गाडी बिक्री गर्न सफल भएको बताएको छ ।

यसले कम्पनी विश्वकै सबैभन्दा तीव्र रूपमा विकास भइरहेको मध्येमा परेको जीएसीको दाबी छ ।

आयोन ईभीको नवप्रवर्तनकारी प्रविधि, उत्कृष्ट प्रदर्शन र स्थिरताले यसको बजार बढ्दै गएको कम्पनीले जनाएको छ ।

गाडीको आकर्षक डिजाइन, उन्नत विशेषता र उत्कृष्ट रेन्जले नेपालको दिगो भविष्यमा समेत योगदान पुर्‍याइरहेको कम्पनीको भनाइ छ ।

हाल नेपालमा सीजी मोटोकर्पले आयोनका ईभी बिक्री गर्दै आएको छ ।

  :