६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नेपाली बजारमा सीएचटीसी इलेक्ट्रिक भ्यान




काठमाडौं– मेगा बिजनेस ग्रुपले सीएचटीसी इलेक्ट्रिक भ्यानको बुकिङ खुला गरेको छ । मेगा बिजनेस ग्रुप चाइना हाइ टेक अफरोड भेइकल कम्पनी (सीएचटीसी)को नेपाली बजारका लागि आधिकारिक वितरक हो । सीएचटीसीका ११ र १४ सिटे भ्यान नेपाली बजारमा उपलब्ध हुनेछन् ।

नेपाली बजारमा सर्ट रेन्ज र लङ रेन्ज गरी दुई दुई भेरिएन्टमा यी भ्यान उपलब्ध हुनेछन् । ११ सिटरमा ६० किलोवाटको मोटर र ४१.८६ किलोवाट आवरको ब्याट्री हुनेछ भने १४ सिटरमा ९० किलोवाटको मोटर र ५३.७६ किलोवाट आवरको ब्याट्री रहेको छ ।

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, एक पटकको फुल चार्जमा २८५ किलोमिटर रेन्ज, लिथियम आयोन ब्याट्री प्याक, २०५ एमएम ग्राउन्ड क्लियरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन् ।

यी गाडीमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइदैन । त्यस्तै विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ ।

  :