७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्लोबल आइएमई बैंकको सिइओमा रेग्मी



ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ–संस्थामा संलग्न रहनु भएको छ ।

त्यसैगरी, समितिले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई भदौ १ गतेदेखि लागू हुने गरी सिइओमा नियुक्त गरेको छ । बैंकिङ क्षेत्रमा ३५ वर्ष अनुभवी उहाँले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसक्नुभएको छ । राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेर ग्लोबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा सञ्चालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गर्नुभएको छ ।

ग्लोबल आइएमई बैंकमा २०७८ साउनमा वरिष्ठ डिसिइओमा नियुक्त रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो । रेग्मीले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबिए, त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । हालका बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकबाट भदौदेखि बाहिरिँदै हुनुहुन्छ ।

  :