७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सशक्त यामाहा परिवार सिर्जना गर्न यामाहाको ‘ब्लु स्ट्रिक्स’



यामाहा नेपालले यामाहा ब्लु स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतीक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूको मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लु स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो, जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ ।

‘ब्लु स्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान मेसिन’ अन्तक्र्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीले जनाएको छ ।

यस कार्यक्रममा सामेल भएर यामाहा मालिकले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसर प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीदेखि लिएर भविष्यमा आउने विशेष प्रमोसन र छुटहरूसम्म प्रदान गरी थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

  :