३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा यामाहा मेगा सर्भिस क्याम्प




काठमाडौं – यामाहा नेपालले देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा यही फागुन १८ देखि २४ गतेसम्म यामाहा मेगा सर्भिस क्याम्पको आयोजना गरेको छ ।

फागुन १८ देखि सुरु भएको सो क्याम्प आगामी फागुन २४ गतेसम्म चल्छ । देशभरका यामाहा चालकहरूका लागि यो एक रोमाञ्चक अवसर हुने यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्सले जनाएको छ । दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ ।


यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामा ल्यूबमा १५ प्रतिशत, टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेन्युइन स्पेयर पाट्र्समा १० प्रतिशत र लेबर चार्जेजमा ५० प्रतिशत छुट पाउने छन् भने सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक–अप, निःशुल्क बाइक वास, निःशुल्क एएमसी कार्ड र सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् ।

नेपालभरि २०० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

  :