काठमाडौं । पोखराको सार्वजनिक यातायात सेवालाई आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन १६ थान हाइगर विद्युतीय नगर मिनीबस हस्तान्तरण गरिएको छ । शाशील मोटर्स प्रालिले पोखरा यातायात प्रालिका सदस्यहरूलाई उक्त बिद्युतीय नगर मिनीबस हस्तान्तरण गरेको हो ।
६४.५ किलोवाट आवर क्षमताको बीवाइडी ब्लेड ब्याट्री जडित यी मिनीबसहरू भित्रिएसँगै पोखराको सार्वजनिक यातायातको आधुनिकीकरण र विद्युतीय सवारीको विस्तारमा नयाँ आयाम थपिएको कम्पनीले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा शाशील मोटर्सको पोखराका लागि नवनियुक्त आधिकारिक डिलर प्लाटिनियम अटोमोबाइल्सका प्रबन्ध निर्देशक पदमबहादुर केसीले ग्राहकको लगानीको सुरक्षा र दीर्घकालीन व्यावसायिक सम्बन्ध नै आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै पोखरामा हाइगर ब्रान्डको गुणस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा र प्राविधिक सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले हाइगरको निर्माण गुणस्तर, सुरक्षा र कार्यसम्पादनप्रति विश्वास व्यक्त गर्दै यसले यातायात व्यवसायको उत्पादकत्व र आम्दानी बढाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा हाइगरका इन्जिनियर मनोज वाग्लेले ४५ जनाभन्दा बढी चालक तथा यातायात व्यवसायीलाई विद्युतीय सवारी सञ्चालन, ब्याट्री र चार्जिङ प्रणाली, सुरक्षा सावधानी तथा नियमित मर्मतसम्भारबारे प्राविधिक अभिमुखीकरण तालिम प्रदान गरेका थिए ।







प्रतिक्रिया