७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुनराको स्कूटरमा सुनौंलो मनसुन अफर




काठमाडौं– सुनरा इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा स्कूटरको तीन मोडलमा विशेष छूटको व्यवस्था गर्दै सुनौलो मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले सुनराको रोबो–एस, हक डबल ब्याट्री तथा हक सिंगल ब्याट्रीमा विशेष छूटको व्यवस्था गरेको छ ।

रोबो–एसमा ६० हजार छुट, हक डबल ब्याट्रीमा ५८ हजार र हक सिंगल ब्याट्रीमा ३७ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ।

रोबो–एसमा ३ किलोवाट पावर क्षमताको मोटर रहेको छ, जसमा ४३०० किलोवाटको पिक पावर छ। यसममा ७२ भोल्ट २० एमएएचको २ वटा लिथियम ब्याट्री उपलब्ध छ, जसमार्फत सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ। रोबो–एसको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।

हकमा १८०० वाट पावर क्षमताको मोटर रहेको छ। यो स्कुटर ७२ भोल्ट २० एमएएचको २ वटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसमार्फत सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पिड ६५ किलोमिटर प्रति घण्टा छ। हक डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ३ लाख १७ हजार ९ सय छ भने सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य २ लाख ३६ हजार ९ सय रुपैयाँ छ ।

हालै नेपाली बजारमा सस्तो रेन्जको सुनरा के५ पनि भित्रिएको छ। यसमा ४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ। यसमा भएको ७२ भोल्ट ३५ एम्पियर आवरको ग्राफिन ब्याट्रीलाई एक पटक फुल चार्ज गर्न ६र७ घण्टा लाग्छ र १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पिड ६० किलोमिटर प्रति घण्टाको छ। यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, दुबै तर्फ डिस्क ब्रेक, एलईडी लाइट, स्मार्ट कि तथा अन्डरसिट बुट स्पेस पाउन सकिन्छ। सुनरा के५ को मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ ।

केटीएम इन्टरनेसनलले ईभी स्कुटर बाहेक बेनेलीका मोटरसाइकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।

  :