७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हिमालयन बैंकको बनेपा शाखा सारियो




काठमाडौं- हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिकका शाखा सञ्जालमध्ये काभ्रेको बनेपा शाखा–२ लाई स्थानान्तरण गरिएको छ । साविक स्थानबाट करिब ६।२ किमि दक्षिणतर्फ पनौती शाखाको नामबाट आइतबारदेखि सेवा सञ्चालन गरिएको हो ।

उक्त शाखा कार्यालयको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले उद्घाटन गरे । त्यस अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, कर्मचारी र अरू अतिथिको उपिस्थति थियो ।

हाल बैंकले नेपालभरका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर र २६४ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

  :