६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नेशनल लाइफको ‘गाला कन्सर्ट’



काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘नेसनल लाइफ गाला कन्सर्ट’ सम्पन्न गरेको छ । कन्सर्टमा करिब ३०० जनाको सहभागिता रहेको थियो ।


कम्पनीले गत जेठमा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट काम गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई समेटेर यो कन्सर्ट आयोजना गरिएको थियो ।

कन्सर्टमा कलाकार सन्दीप क्षेत्रीको प्रहसनसहित नेपालका चर्चित कलाकारहरू प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको सांगीतिक प्रस्तुति पनि थियो ।

गाला कन्सर्टमा कम्पनीका उपकार्यकारी अधिकृतले नेसनल लाइफले सदाझैँ अभिकर्ताहरूको चाहनालाई मध्येनजर गर्दै विभिन्न योजनाहरू ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको बताए । उनले यस योजनालाई देशैभरिका अभिकर्ताहरूले उत्साहका साथ मनन गरेकाले सफल भएको बताए ।

  :