७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सीजी मोटर्सले नेपालमै सीएटीएल ब्याट्री सर्भिस सेन्टर र ल्याब बनाउने



काठमाडौं– सीजी मोटर्सले नेपालमा विश्वकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ ।


ब्याट्री सर्भिस सेन्टर २०२४ सेप्टेम्बरबाट सुरु हुने कम्पनीले जनाएको छ । ब्याट्री सर्भिस सेन्टर तथा ल्याबको लागि छुटै सर्भिस हबबाट सेवा उपलब्ध गराउने लक्ष्य लिएको सिजीले दक्ष र सिएटिएलको प्राविधिक ट्रेनिङ लिएर सेवा उपलब्ध गराउने जनाएको छ ।

सिजी मोटर्सले स्थापना गर्न लागेको सर्भिस सेन्टरमा आफ्नो ब्रान्ड प्रयोग गर्ने ग्राहक बाहेक नेपालमा सिएटिएलको ब्याट्री जडित अन्य ब्रान्डका ग्राहकले पनि सेवा लिनसक्ने जनाएको छ ।

छिटो सर्भिस प्रधान गरिने तथा सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकहरुले सेवा लिनसक्ने हुनाले सिएटिएल ब्याट्री नेपालमा अझै लोकप्रिय हुने कम्पनीले बिश्वास लिएको छ ।

सीजीले उच्च दक्ष र सीएटीएलको प्राविधिक ट्रेनिङ लिएर सेवा उपलब्ध गराउने जनाएको छ। ब्याट्री सर्भिसमा उत्कृष्ट ठहरिएका प्राविधिकहरूले सो सर्भिस सेन्टरबाट सेवा दिने कम्पनीले जनाएको छ।

तथ्याङ्क अनुसार विश्व बजारमा ३७ प्रतिशत बजार ओगटेको सीएटील ब्याट्रीको नेपालमा बजार हिस्सा दुईतिहाई रहेको छ।

सीजी मोटर्सले स्थापना गर्न लागेको सर्भिस सेन्टरमा आफ्नो ब्रान्ड प्रयोग गर्ने ग्राहक बाहेक नेपालमा सीएटीएलको ब्याट्री जडित अन्यअरू थुप्रै ब्राण्डको ग्राहकले पनि सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

  :