७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

येज्दी मोटरसाइकलमा एक्सचेन्ज क्याम्प




काठमाडौं– येज्दी मोटरसाइकलका लागि नेपालका आधिकारिक वितरक अग्नी मोटो इंकले उक्त मोटरसाइकलको स्क्रयाम्बलर मोडलमा ‘एक्स्चेन्ज क्याम्प शुरु गरेको छ ।

येज्दीको स्क्रयाम्बलर मोटरसाइकल एक्स्चेन्जमा ग्राहकले नगद छुटका साथै आफ्नो मोटरसाइकलको मूल्यमा थप मुल्याङ्कन पाउने छन् ।

येज्दी स्क्रयाम्बलर एक्स्चेन्ज अन्तर्गत ग्राहकले आफुसँग भएको पुरानो मोटरसाइकलको एक्स्चेन्जमा १ लाख रुपैयाँ थप मुल्याङ्कन पाउने छन् । त्यस्तै, येज्दी स्क्रयाम्बलरको एक्स्चेन्ज खरिदमा कम्पनीले १ लाख ५० हजार रुपैयाँसम्म नगद छुट दिने बताएको छ ।

यस बाहेक अन्य सुबिधाको रुपमा फ्रि हेल्मेटका साथै अन्य सर्भिस सम्बन्धी फाइदाहरु पाउन सकिने कम्पनीले जनाएको छ । अग्नी मोटो इकंले ग्राहकलाई सहज होस् भनेर सहुलियत ब्याजदरमा कर्जा पनि दिदै आइरहेको छ ।

येज्दी स्क्रयाम्बलर मोटरसाइकलको नेपाली बजारमा सिंगल टोन र डवल टोन भेरियन्ट उपलब्ध छ । सिंगल टोन भेरियन्टको ९ लाख ४९ हजार रुपैयाँ र डवल टोनको ९ लाख ५६ हजार रुपैयाँ मूल्य निर्धारण गरि कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

  :