७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रोयल इन्फिल्डको ‘बोर्डरलेस वारेन्टी कार्यक्रम’




काठमाडौं– रोयल इन्फिल्डले भारतीय ब्राण्डमा ‘बोर्डरलेस वारेन्टी कार्यक्रम’ लञ्च गर्ने घोषणा गरेको छ । यो कार्यक्रमले राइडरहरुलाई सबै देशहरुमा वारेन्टी लाभहरु प्राप्त गर्न सक्षम बनाउने कम्पनीको विश्वास छ ।

नयाँ कार्यक्रम हाल वारेन्टी अन्तर्गत रहेका सबै मोटरसाइकल र विश्वभरका अधिकृत डिलरहरूबाट खरिद गरिएका सबै नयाँ मोटरसाइकलमा लागू हुनेछ ।

रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले रोयल एनफिल्ड बोर्डरलेस वारेन्टी कार्यक्रमको सुरुवातसँगै, हामी विश्वभरका राइडरलाई समर्थन र आश्वासनको अभूतपूर्व स्तरहरू प्रदान गरेर ग्राहक अनुभवलाई पुनः परिभाषित गर्न चाहने बताए ।

रोयल इन्फिल्डसंग हाल ७० भन्दा बढी देशका २ हजार ६०५ शहरमा ३ हजार भन्दा बढी नेटवर्क रहेको छ । नेपालमा कम्पनीले सुबिधासम्पन्न प्लान्ट स्थापना गरी बिभिन्न मोडलका मोटरसाइकल एसेम्वल गर्दै आएको छ ।

  :