७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टाटाको ईभीमा एनआईएमबी बैंकको फाइनान्स सुविधा



 

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)बीच बिद्युतीय सवारी कर्जाका लागि समझदारी भएको छ ।

टाटाका बिद्युतीय सवारी साधन किन्दा बैंकले हाल कायम आधार रेटमा अतिरिक्त १ प्रतिशत गरि कूल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा दिने सम्झौतामा उल्लेख छ । अब टाटा टियागो इभी, नेक्सन इभी, दिगो इभी र टाटा पञ्च इभीमा ७ बर्षसम्मका लागि यो सुविधा पाइने सिप्रदी ट्रेडिङले जनाएको छ ।

कम्पनीका अनुसार सहज र झञ्झटरहित तरिकले ३ कार्यदिनभित्रको कारोवार रकमको ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ ।

  :