७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

वाणिज्य बैंकहरुको औसत नाफा बढ्यो




काठमाडौं– गत आर्थिक बर्ष २०८०/८१ को वित्तिय विवरण वाणिज्य बैंकहरुले प्रकाशित गरेका छन् । बैंकहरुले प्रकाशनमा ल्याएको वित्तीय विवरण अनुसार बैंकहरुले असार मसान्तसम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । यस पटक बैंकहरुको औसत नाफा बढेको छ । यद्यपि सबै बैंकहरुको नाफामा वृद्धि भएको भने छैन


१० वटा बैंकले नाफा बढाउँदा बाँकी १० वटा बैंकको नाफा भने घटेको छ । नाफा कमाउने बैंकहरुमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक. लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंक रहेको छ ।

यता नाफा घट्नेमा ग्लोबल आइएमइ बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एनएमबी बैंक, नेपाल बैंक, एनआइशी एशिया बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंक रहेको छ ।

नाफाका आधारमा नबिल बैंकले एक नम्बर स्थान प्राप्त गरेको छ । यो बैंक सबैभन्दा धेरै खुद नाफा कमाउने बैंक बनेको छ । यसले ७ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्ष २०७९/८० को तुलनामा १०.२३ प्रतिशत धेरै हो ।

दोस्रो बढी नाफा ग्लोबल आइएमई बैंकको देखिएको छ । यसको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा कम भए पनि समग्र बैंकहरुमा नाफाका आधारमा दोस्रो नाफा कमाएको विवरणमा देखिन्छ । ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड नाफा कमाएको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा गत वर्ष यसको खुद नाफा भने १०.१३ प्रतिशत घटेको हो ।

तेस्रो बढी नाफा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको देखिएको छ । यस बैंकले ५ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ ।यसको नाफा ३९.७१ प्रतिशतले बढेको हो ।

चौथो नम्बरमा प्रभु बैंक परेको छ । यस बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १४ सय ९९ प्रतिशतले नाफा बढाएको हो । नाफाको वृद्धिदर भने यसको बढी छ । तर खुद नाफामा भने प्रभु चौथो नम्बरमा छ ।

पाँचौँ नम्बरमा परेको प्राइमले ३ अर्ब ७७ करोड रुपैयाँ कमाउँदा छैटौँ नम्बरमा परेको एभरेष्ट बैंकले ३ अर्ब ७० करोड नाफा आर्जन गरेको छ । नाफाका आधारमा सातौँ नम्बरमा कृषि विकास बैंक छ भने राष्ट्रिय वाणिज्य बैंक आठौँ नम्बरमा छ ।

  :